अनलाइनबाटै सवारीको नवीकरण सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 01:56:21 PM मा प्रकाशित

laxmi  sunrise bank

वागमती प्रदेश सरकारले सवारी साधन सम्बन्धि काम अब अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको छ । प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रदान गरिने सेवाहरू अनलाइनमार्फत नै दिने भएको हो ।

अब सवारी साधनको लाइसेन्स र ब्लुबुक नवीकरण, बीमा लगायतका काम अनलाइनबाटै गर्न सकिने भएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले अनलाइन पेमेन्ट सिस्टम प्रणालीको आज उद्घाटन गरेका हुन् । 

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सेवा दिन सुरु गरिएको बताए । उनले प्रदेश सरकार डिजिटल प्रविधिमा क्रमशः अघि बढ्दै गएको बताए । 

भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले अब यातायातको सबै काम घरमै बसेर गर्न सकिने बताए । 

अनलाइन भेटघाट, सवारी नामसारी, सवारी बीमा, तिर्नुपर्ने करको जानकारी पनि अनलाइनबाटै लिन सकिने भएको छ । यति मात्रै नभई, अनलाइनबाट कर तिर्दा र बीमा गर्दा आउने क्यूआर कोर्ड आफ्नो सवारीसाधनमा टाँसेर वा बोकेर हिँड्न पनि सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved