लामो दूरीका सवारी साधन चल्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 04:47:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अब मध्यम र लामे दूरीका सवारी साधन चल्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माध्यम तथा लामो दुरीका सवारी साधन चल्न दिने निर्णय गरेको हो ।

सीडीओ कार्यालयले साउन ४ को सरकारको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय र लोक सेवा आयोगका परीक्षाका कार्यक्रम तोकेका कारण काठमाडौँ बाहिर रहेका परीक्षार्थीका लागि सहज होस् भनेर यस्तो निर्णय गरिएको जनाएको छ ।

प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो ।

कार्यालयले यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा काउन्टरबाट टिकट लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved