देउवाले उमेश श्रेष्ठलाई बनाए स्वास्थ्य राज्यमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 03:48:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेर बहादुर देउवाले स्वास्थ्य मन्त्री नियुक्त नगरी स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय आफुसंगै राखेर नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य  मन्त्री नियुक्त गरेका हुन् ।श्रेष्ठ निजी विद्यालय संचालक समेत हुन्  । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यलयद्वारा जारी बिज्ञप्तिमा भनिएको छ 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्‍य तथा जनसङ्‍ख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूसँगै रहने गरी माननीय श्री उमेश श्रेष्ठज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्‍य तथा जनसङ्‍ख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।'

श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन्  । शिक्षा क्षेत्रको साथ साथ कृषि क्षेत्रमा व्यावसायिक उत्पादन सुरु गरेका श्रेष्ठले जलविद्युतको क्षेत्रमा पनि हात हालेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved