पैसा नभएको चेक दिएर बैंकिङ कसुरमा दोषी ठहरिएकी एक महिला पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 06:12:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारी रहेकी छिन् ।

उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको पैसलाले १० लाख जरिवाना र ४ दिन कैद सुनाएपछि फरार रहेकी उनलाई सीआईबीले काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो । 

भण्डारीले २०७८ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर मुक्तिनाथ विकास बैंकमा रहेको खाताबाट रकम भुक्तान हुने गरी ४८ लाख रुपैयाँ बराबरको चेक काटेर दिएकी थिइन् ।

बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसार उक्त कसुरमा ठहर गरी उच्च अदालतले जरिवाना र कैद सजायको फैसला सुनाएको थियो ।

पक्राउ लगत्तै भण्डारीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved