३ वटा बजेट लेख्न नेतृत्वदायी भूमीका खेलेका सचिव ढुंगानाको अर्थबाट बिदाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 12:48:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयको सचिवका रुपमा झण्डै २ वर्ष जिम्मेवारी सम्हालेका शिशिरकुमार ढुंगाना प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । उनको आज अर्थ मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको छ । 

मन्त्रिपरिषदले महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी तोकिएपछि शिशिर कुमार ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएका हुन् । 

ढुंगाना भन्सार विभागको महानिर्देशक हुँदै राजस्व सचिव बनेका थिए । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको पालामा राजस्व सचिव रहेका उनी खतिवडाकै पालाका डा. राजन खनाल अनिवार्य अवकाश पाउँदै बिदा भएपछि पुनः अर्थसचिवका रुपमा अर्थमन्त्रालयमा पुगेका थिए ।

डा. खतिवडा र विष्णु पौडेलको कार्यकालमा उनले अर्थसचिवको रूपमा २ वटा र राजस्व सचिवको रूपमा एउटा गरी ३ वटा बजेट निर्माणमा नेतृत्व गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved