ओलीको पक्षमा सर्वोच्चको फैसला, कर्णालीका ४ सांसद माथिको कारबाही सदर

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 02, 2021 | 05:33:31 PM मा प्रकाशित

mega bank

सर्वोच्च अदालतले फ्लोर क्रस गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाउन विश्वासको मत दिने कर्णालीका ४ सांसदलाई पार्टीले गरेको कारबाही बैधानिक भएको ठहर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको ठहर गरेको हो । एमालेले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामाथि गरेको कारवाही र सांसदबाट प्रदेशसभाले गरेको पदमुक्तिलाई सर्वोच्चले सदर गरिदिएको हो । 

योसँगै यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतले पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज भएको छ । 


न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दिएको उक्त अन्तरिम आदेशविरुद्ध एमालेका अध्यक्ष केपी शर्मा ओली भ्याकेटमा गएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved