आज कहाँ कहाँ पर्छ पानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 08:43:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति लुम्बिनीका धेरै स्थानमा वर्षा हुनेछ भने अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । बिहीबार राति प्रदेश २ र बागमतीका केही अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved