उर्जामन्त्रीकै अगाडी चन्द्र ढकालले भने, ‘प्राधिकरणले पीपीए रोक्दा अन्यौलता बढ्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2021 | 03:26:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुलाउन माग गरेका छन् । नेपाल पोल एशोसिएसनको ८औँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा उपाध्यक्ष ढकालले नेपाल विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा नीजि क्षेत्रका उर्जा उत्पादकहरुको करोडौं लगानी संकटमा परेको बताएका हुन् ।

ऊर्जामन्त्री पम्फा भुसालसमेत सहभागी कार्यक्रममा ढकालले धेरै जलविद्युत् कम्पनीहरुले अर्बौं लगानी गरेर पूर्वाधारका काम अघि बढाउँदा पनि प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता रोकेको बताए ।

“अहिले पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आाशंका छ,” उनले भने, “अर्बौं लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्योलमा पार्नुभएन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकेमा मात्र आर्थिक विकास हुन्छ ।”

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved