नेकपा एस यहीँ हप्ता सरकारमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2021 | 05:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी हप्ता भित्र सरकारमा सहभागी हुने बताएका छन् ।

संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले पोखरामा आयोजना गरेको विचार गोष्ठीमा नेता नेपालले पार्टीका तर्फबाट सरकारमा पठाईने मन्त्रीको अन्तिम टुंगो लगाएर यही हप्ताभित्र मन्त्रिमण्डल विस्तार गरिने बताएका हुन् । 

पाँच दलीय गठबन्धनलाई कायमै राख्ने दाबी गर्दै नेता नेपालले भने, ‘विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन । अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहोर्‍याउनु हुँदैन । गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ ।’

नेता नेपालले माओवादी केन्द्रसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको पनि बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved