बजेट पारित गर्ने प्रक्रिया सुरु, एमालेको नाराबाजीलाई बेवास्ता (लाइभ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2021 | 11:33:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधलाई वेवास्ता गर्दै बजेट पारित गर्ने भएको छ । सोहि अनुसार आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बजेट पारित गर्ने प्रक्रियालाई अगाडी बढाएका छन् ।

बैठक हुना साथ एमालेले वेल घेराउ गरेर नाराबाजी गरिरहेको छ । तर सभामुख सापकोटाले त्यसलाई वेवास्ता गर्दै विनियोजन विधेयकमाथिको छलफल र जवाफ विनियोजन विधेयक, २०७८ को विभिन्न शीर्षकहरूमाथि छलफल प्रारम्भ गरेका छन् ।

इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज बिनियोजन विधेयक पारित गराउने तयारी गरेको छ । 

यस्तो छ आजको कार्यसूची : 

१. विनियोजन विधेयकमाथिको छलफल र जवाफ विनियोजन विधेयक, २०७८ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफल अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षा विकास मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, रक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय एवं विनियोजन विधेयकमा उल्लिखित सम्पूर्ण शीर्षकहरूमाथि समेत छलफल हुने ।

२. मा० श्री प्रेम सुवालले “विनियोजन विधेयक, २०७८ अर्न्तगत विभिन्न मन्त्रालय, कार्यालय एवम् सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस्" भनी खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत गर्नुहुने ।

३. विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवम् सचिवालयको विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने ।

४. सम्माननीय सभामुखले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवम् सचिवालयको विभिन्न शीर्षकहरूमा मा० श्री प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने ।

५. विनियोजन विधेयक, २०७८ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने ।


व्यवस्थापन कार्य ६. मा० अर्थ मन्त्री श्री जनार्दन शर्माले :
(क) “विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(ख) “आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(ग) “आर्थिक विधेयक, २०७८” माथि दफावार छलफलको लागि दिन तोकिने ।

(घ) “राष्ट ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्नु हुने। 


हेर्नुस लाइभ : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved