एमालेको विरोध कै बीच बजेट पारित, तर अझै खुलेको छैन खर्च गर्ने बाटो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2021 | 12:39:30 PM मा प्रकाशित

laxmi  sunrise bank

विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो ।  एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । 

एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन विधेयक पास गरे पनि अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भने भएको छैन । प्रतिनिधिसभाबाट पारित बह्येको विधयेक अब राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पारित गरेपछि पुन: प्रतिनिधिसभामा आउंछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुन्छ ।

त्यस्तै आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै यसको दफावार छलफल ७ असोजमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

बैठकले राष्ट्र ऋण उठाउने विधेयकलाई स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनि राखेको प्रस्तावलाई स्वीकृत गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved