दशैँको टिकाको साइत असोज २९ गते बिहान १०ः२ बजे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 03:02:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टिकाको शुभ साइत सार्वजनिक गरेको छ । असोज २९ गते शुक्रबार बिहान १०ः०२ बजे टिकाको शुभ साइत निस्किएको समितिले जनाएको छ । 

असोज २१ गते बिहीबर बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । असोज २२ गते शुक्रबर झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । 

असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने समितिले जनाएको छ । 

असोज २७ गते बुधवार महाअष्टमी र सोही रात कालरात्रिको पूजा गरिनेछ ।

असोज २८ गते बिहीवार महानवमी छ । असोज २९ गते शुक्रवार विजयादशमीको टिका जमरा लगाउने दिन हो । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद स्वरुप टिका लगाउन सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved