लबालब कमलपोखरीको निरीक्षणमा मेयर, ९५ प्रतिशत काम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 05:44:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कमलपोखरी पुर्ननिर्माणको पहिलो चरणको काम करीब ९५ प्रतिशत सम्पन्न भएको छ । पुर्ननिर्माणपछि लबालब (टनाटन) पानी भरिएको कमलपोखरीको निरीक्षणका सिलसिलामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि आज कमलपोखरी पुगेका मेयर शाक्यले केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको बताए ।

उनले छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको पनि बताए । 

‘सबैले रानीपोखरी मात्रै देखेका छन् हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ,’ उनले भने, ‘एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएका छौँ ।’

उनले पानी पुनर्भरण र पानी शुद्धिकरण गर्ने योजनासहित पोखरी पुर्ननिर्माण गरेको स्मरण गराए । 

‘पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक  र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका हौँ,’ शाक्यले झिँगटीको छानामुनीको मण्डपबाट लबालब (टनाटन) पानी भरिएको कमलपोखरीतिर चोरीऔँलाले देखाउँदै भने, ‘वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुर्ननिर्माण गर्दै पुर्नजिवन दिने काम गरेका छौँ ।’ 

‘पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । केही अनावश्यक विवाद झिकेर र कोभिडका कारण समयमा सम्पन्न गर्न सकेनौँ,’ उनले थपे, ‘पहिलो चरणको काम सम्पन्न गर्ने वित्तिकै अब दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात पहिला कमलपोखरी प्रहरी बीट रहेको करीब पाँच रोपनी क्षेत्रलाई  विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’ 

उनले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहि अनुरुप काम अघि बढेको पनि बताए । 

सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए । 

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको छ । परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरिएको बस्नेतको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved