दशैँका लागि अग्रिम टिकट बुकिङ भोलीबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 05:47:40 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँका लागि भोलीबाट अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भोलिदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।

कोरोना महामारीको जोखिम नघटेकोले अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायीहरुलाई आग्रह गरिएको जानकारी दिए । काठमाडौँ उपत्यकाको १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आउने उनको भनाई छ । ५ वटा सहायता कक्ष तयार भइसकेको र १४ वटै सहायता कक्ष सोमबारबाटै सञ्चालनमा ल्याउने उनको भनाई छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइन र मोबाइलबाट टिकट बुकिङ गर्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् । खल्ती डटकम, इसेवा र बैंकहरुको मोबाइल एप्सबाट टिकट काट्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved