यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका ५ निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 07:21:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विभिन्न विधयेकहरु संसदमा पेश गर्ने निर्णय गरेको छ  । आज बसेको मन्त्रिपरिषद्को बैठकले शपथसम्बन्धी विधयेक २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)  विधयेक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, पहिलो संशोधन) विधयेक २०७८ संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो  

त्यस्तै बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । 

बैठकले डोटीस्थित शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकले विपी कोईराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ ।

बैठकले समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्विकृत गरेको नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved