पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४ दिन कैद र ११ लाख जरिवाना हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 05:43:16 PM मा प्रकाशित

laxmi  sunrise bank
पैसा नभएको चेक दिने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने महोत्तरी भगाहा गाउँपालिका-३ स्थायी वतन भएका ४५ वर्षीय रामनाथ सिंहलाई बुधबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कमलपोखरीबाट पक्राउ गरेको हो ।
सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय भक्तपुरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भई उच्च अदालत पाटनबाट उक्त फैसला भएको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved