परिचयपत्र नभएका व्यक्तिलाई घर भाडामा नदिन र काममा नलगाउन सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 07:16:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आधिकारिक परिचयपत्र नभएका व्यक्तिलाई घर भाडामा नदिन र उनीहरुलाई काममा पनि नलगाउन आग्रह गरेको छ । गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरेको हो।

पछिल्ला केही दिनका घट्नाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन मन्त्रालयले अनुरोध गरेको हो। साथै मन्त्रालयले कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिनुहुन समेत अनुरोध गरेको छ । 

प्रहरीले आज मात्रै अफगानिस्तानबाट अनाधिकृत रुपमा नेपाल आएर बसोबास गरिरहेका ११ जनालाई पक्राउ गरेको थियो।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकाे टोलीले उनीहरूलाई सिनामंगलस्थित एक घरबाट छापा मारी पक्राउ गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved