मङ्सिर १ देखि २० युनिटसम्मको बिजुली निशुल्क : मन्त्री भुषाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 12:34:23 PM मा प्रकाशित

laxmi  sunrise bank

१ देखि २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत दिने निर्णय मङ्सिर १ गतेदेखि लागु हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत दिने निर्णय भईसकेकोले यो मङ्सिर १ गतेदेखि लागु हुने बताएकी हुन् । 

अग्नि ग्रुपको विद्युतीय तीन पाङ्रे अटो सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

नेपाल विद्युत प्राधिकरणको संचालक समितिको बैठकले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत दिने निर्णय गरिसकेको छ । तर प्राधिकरण आफैले विद्युत महशुल निर्धारण गर्न सक्दैन । प्राधिकरणले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत दिने गरि महशुल निर्धारणको लागि विद्युत नियमन आयोगमा प्रस्ताव पठाईसकेको छ। आयोगले यस विषयमा सार्वजनिक सुनुवाई गरेर सबै सरोकारवालाको धारणा लिई सकेको छ । आयोगले यस विषयको अन्तिम निर्णय गर्ने छ । आयोगले प्राधिकरणको प्रस्ताव परिमार्जन पनि गर्न सक्छ । आयोगले नै नयाँ महशुल दर र सो लागु हुने मिति तोक्ने छ । 

प्राधिकरणको प्रस्ताव अनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved