नेपालबाटै सोनीलिभको सब्सक्रिपसन लिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 03:26:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सोनी पिक्चर्स नेटवक्र्स ईण्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म, SonyLIV ले टेलिनेट प्रा. लि. सँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानल मार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यो ओटीटी प्लाटफर्म आईओएस,  एण्ड्रोइड  र वेवमा उपलब्ध छन् र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामाग्रीहरुको ठूलो भण्डार समावेस रहेको कम्पनीले जनाएको छ ।

नेपालका ग्राहकहरुले वेवसाइटमा गई सोनीलिको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट – ई–सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सक्ने छन्।  

नेपालमा पहिलो पटक विश्वविख्यात अनडिमाण्ड  ओटीटी प्लाटफर्म  सोनी लिभले टेलिनेट प्रा. लि. सँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो । यो एक आधिकारिक वितरक – पुनविक्रेता हो । सोनी लिभका सव्सक्राइबरहरुले  वेवसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामाग्री, विशिष्ट खेलकुद सामाग्री, आदि यही प्लाटफर्म मार्फत हेर्न सक्ने छन्। प्रयोगकर्ताहरुले यी सामाग्रीहरु मोबाइल डिभाइसहरुमा साथै टि.भीमा हेर्न सक्ने छन् भने कुनै पनि सदस्यले ५ वटा सम्म प्रोफाइल बनाउन सक्ने छन्। 

रमेश कर्पको इकाई टेलिनेट प्रा. लि. नेपालमा स्थापित आइटि कम्पनी हो जसले टेलिकम अपरेटरहरुलाई थप सुविधाका साथै एप्लिकेसन डेभलप्मेन्ट, क्लाउड कम्पयुटिङ्ग, एमहेल्थ र नेपालमा एसएमएस  र टेलिभोटिङ्ग प्लाटफर्म  उपलब्ध गराउँदछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved