आज नयाँ विद्युत महशुल दर सार्वजनिक हुदै, २० युनिटसम्म बाल्नेलाई निशुल्क बिजुली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 09:24:57 AM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले आज नयाँ विद्युत महशुल दर सार्वजनिक गर्ने भएको छ । आयोगले आज दिउँसो २ बजे पत्रकार सम्मलेन गरेर नयाँ महशुल दर सार्वजनिक गर्न लागेको हो । 

नेपाल विद्युत प्राधिकरणले नयाँ विद्युत महशुल दर तोक्नको लागि आयोगमा प्रस्ताव गरेको थियो । आयोगले यस विषयमा सार्वजनिक सुनुवाई गरेर सबै सरोकारवालाको धारणा लिई आज नयाँ महशुल दर सार्वजनिक गर्न लागेको हो । आयोगले प्राधिकरणको प्रस्ताव परिमार्जन पनि गर्न सक्छ । आयोगले नै नयाँ महशुल दर र सो लागु हुने मिति तोक्ने छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नयाँ महसुल दर  मङ्सिर १ गतेदेखि लागु हुने जानकारी सार्वजनिक कार्यक्रम मार्फत नै दिई सकेकी छिन्। नयाँ महशुल दर अनुसार १ देखि २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत पाउने छन्। जस अनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ र बिजुलीको शुल्क भने पर्ने छैन ।  यस अघि १० युनिटसम्मको बिजुली खपत गर्ने ग्राहकलाई मात्र यो सुविधा थियो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved