लाइसेन्सको अनलाइन आवेदन कसरी दिने ? यस्तो छ तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 12:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले बायोमेट्रिक डेटका आधारमा आइतबार, सोमबार, मंगलबार र बुधबार कोटा उपलब्ध हुने जनाएको छ ।

यही कोटाभित्र आवेदन दिनुपर्नेछ । यसअघि कोटा हटाउने भनिएपनि देशभरका यातायात कार्यालयको क्षमता अनुसार कोटा निर्धारण नगरी आवेदन लिन सकिने नदेखिएपछि कोटा तोकिएको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँछन् ।

देशभरका २१ कार्यालयको क्षमता अनुसारको कोटा अन्तर्गत दैनिक करिब ५ हजार आवेदन संकलन हुने विभागले जनाएको छ ।

अनलाइन आवेदन दिने तरिका

अनलाइन आवेदन दिन सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट खोल्नुपर्नेछ । 

विभागको वेवसाइट खुलेपछि भित्र दायाँतर्फ ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने अप्सन छ । त्यही अप्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ भन्ने लिंकमा क्लिक गर्नुपर्छ । त्यहाँ क्लिक गरेपछि अर्को नयाँ विन्डो खुल्नेछ । 

त्यसको माथि लेखिएको ‘Online Driving License Registration’ मा क्लिक गर्नुपर्नेछ । त्यसमा क्लिक गरेर फेरि सिटिजनशीप भनेको ठाउँमा नेपाल छानेर New License मा अप्लाई गरी Prosid मा क्लिक गर्नुपर्नेछ ।

प्रोसिडमा क्लिक गरेपछि फाराम खुल्छ । फाराममा मागे जति विषय भरी (category र  mobile number अनिवार्य भर्नैपर्छ, एकपटक लेखेपछि मिलाउन मिल्दैन) ‘submmit’ मा क्लिक गर्नुपर्छ ।

submmit गरेपछि तोकिएको कोटाभित्र फाराम परेको खण्डमा उक्त फाराम विभागको सिस्टमले एक्सेप्ट गर्छ । तर, कोटाभित्र परेन भने आजको लागि कोटा पुरा भएको जानकारी विभागले दिनेछ र फाराम एक्सेप्ट गर्नेछैन ।

यदि फाराम एक्सेप्ट भयो भने त्यहाँ भरिएको पेपर प्रिन्ट गरेर आफूसँग एक कपी राख्नुपर्छ । उक्त पेपरमा बायोमेट्रिकको पालो कहिले आउँछ भनेर लेखिएको हुन्छ । त्यसपछि तेकिएको समयमा बायोमेट्रिक आवेदक फाराम, नागरिकतासहित तोकिएको यातायात कार्यालयमा जानुपर्ने हुन्छ ।

बायोमेट्रिकमा फोटो खिच्ने, औंठा छाप लिने काम हुन्छ । त्यही दिन लिखित परीक्षाको तालिका लिन सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved