चोलेन्द्रले मात्रै हेरे मुद्दा, अन्य न्यायधीशद्वारा इजलाश बहिस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 01:58:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज सुनुवाइ भएको छ । अरु इजलासमा भने सुनुवाइ हुन सकेको छैन । सोमबार र मङ्गलबार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलाससहित अन्य न्यायाधीशलाई पनि पेसी तोकेका थिए । ती कुनै पनि बेन्चमा सुनुवाइ भएको छैन । पेशीमा तोकिएको ठाउँमा बेन्च बस्न नसकेको भनेर उल्लेख गरिएको छ । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले इजलास सुनुवाइ गर्न इन्कार गरेका छन् ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएकाले त्यो पूरा गर्न आफू सक्षम रहेको बतेय्छका छन् । उनले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved