मुख्यमन्त्री शाक्यले दिईन् राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 02:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । मंगलबार प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीबाट राजिनामाको घोषणा गरेकी हुन् । 

गत २ भदौमा मुख्यमन्त्री बनेकी उनले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी हुन् । 

आज विश्वासको मतको कार्यसूची पनि रहेको अवस्थामा उनले आफूले राजीनामा दिएपछि उक्त कार्यसूचीमा जानुपर्ने अवस्था नरहेको भन्दै संस्कारयुक्त बागमती प्रदेश बनाउने आफ्नो चाहना रहेको बताईन् ।

गठबन्धनका तर्फबाट अब राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved