यस्तो छ घटेपछिको नयाँ विद्युत महशुल दर, कति खपत गर्दा कति शुल्क ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 03:48:22 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणअन्तर्गतका उपभोक्ताको विद्युत महसुल दर निर्धारण गरेको छ । आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६ अनुसार आयोगको १४० औं बैठकले २०७८ मङ्सिर महिनादेखिको विद्युत खपत र २०७८. पौष महिनादेखिको विलिङ्गमा लागू हुने गरी विद्युत उपभोक्ता महसुल दर निर्धारण गरेको हो ।

आयोगले ग्राहस्थ स्तरमा विद्युत उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महसुलमा औसतमा २.८४% ले घटाएको छ । सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको नासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा रु. २५ ले घटौती गरी क्रमशः - . रु.१०० रु. १२५ र रु. १५० कायम गरेको छ।

यसै गरी, सिङ्गल फेजबाट मासिक ४०० :- युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका ग्राहस्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा रु. २५ ले घटौती पारी क्रमशरु. १५०, रु. १७५, रु. २०० र रु. २५० कायम गरिएको छ।

विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क रू. ३०१- मात्र लाग्ने गरी निर्णय आयोगले गरेको छ। यसै गरी, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहक वर्गको उपभोक्ताको इनर्जी शुल्कको हकमा साबिकको दरमा प्रति युनिट ५० पैसा घटाई प्रति युनिट रु. १.५० कायम गरिएको छ।

साथै, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट रु. १ घटाई प्रति युनिट रु. ११ कायम गरिएको छ। अंतः आन्तरिक रूपमा विद्युत खपत वृद्धि गराउन उपभोक्तालाई प्रेरित गर्ने नेपाल सरकारको नीति अनुरूप सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरयासी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने हेतुले साविकको भन्दा कम महसुल हुने गरी महसुल दर निर्धारण गरिएको आयोगले जनाएको छ।

थ्री-फेजबाट विद्युत आपूर्ति लिने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा असारदेखि कार्तिकसम्म वर्षा यामको महसुल दर र मङ्सिरदेखि जेष्ठसम्म सुख्खा यामको महसुल दर हुने गरी मौसमी दर कायम गरिएको छ। थ्री-फेज तल्लो भोल्टेज (२३०/४०० भोल्ट) बाट आपूर्ति लिने का उपभोक्ताको हकमा मासिक ४०० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको वर्षा यामको शुल्कको हकमा साबिकको दरमा प्रति युनिट रु. १ ले घटाई प्रति युनिट रु. १०.५० कायम गरिएको छ भने मासिक ४०० भन्दा बढी युनिट विद्युत खपत गर्ने उपभोक्ताको वर्षा यामको इनर्जी शुल्क प्रति युनिट रु. १.५० ले घटाई प्रति युनिट रु. १०.५० र सुख्खा यामको इनर्जी शुल्क ५० पैसाले घटाई - प्रति युनिट रु. ११.५० कायम गरिएको छ। साथै, ११/३३ किलोभोल्ट (के.भि.) बाट आपूर्ति लिई मासिक १००० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको वर्षा यामको इनर्जी शुल्कको हकमा साबिकको दरमा प्रति युनिट -५० पैसाले. घटाई प्रति युनिट रु. १०.५० कायम गरिएको छ भने १००० भन्दा बढी युनिट विद्युत खपत गर्ने उपभोक्ताको वर्षा यामको इनर्जी शुल्क प्रति युनिट रु. १.५० ले घटाई प्रति युनिट रु. १०.५० र सुख्खा यामको इनर्जी शुल्क प्रति युनिट रु. १ ले घटाई प्रति युनिट रु. ११ कायम गरिएको छ।

आन्तरिक विद्युत खपत वृद्धि गराउने नेपाल सरकारको नीति अनुरूप तथा थ्री-फेजबाट विद्युत उपभोग गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको समेत सांबिकको भन्दा कम महसुल हुने गरी महसुल दर स्वीकृत गरिएको आयोगले जनाएको छ।

साथै, नेपालमा जनसंख्याको ठुलो हिस्सा अझै पनि कृषिमा निर्भर रहेको र अर्थतन्त्रमा कृषिको योगदान उल्लेख्य रहेको पक्षलाई मध्यनजर गर्दै यस क्षेत्रको उत्थानमार्फत अर्थतन्त्रलाई गति दिने नेपाल सरकारको नितीगत उद्देश्यमा सहयोग पुग्ने गरी ट्युब वेल आदि सञ्चालन गर्न सिँचाइ उपभोक्ता वर्गको हकमा औसतमा ४०.६९% ले महसुल घटाइएको आयोगले जनाएको छ।

टि.ओ.डि. मिटरमार्फत ३३ के.भि.बाट आपूर्ति लिने सिंचाइ वर्गका उपभोक्ताको राति ११ बजेदेखि बिहान ५ बजेसम्मको इनर्जी शुल्क प्रति युनिट रु. १.१५ ले घटाई प्रति युनिट रु. २ कायम गरिएको छ भने बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको इनर्जी शुल्क प्रति युनिट रु. १.७० ले घटाई प्रति युनिट रु. ३ कायम गरिएको छ।

यसै गरी, टि.ओ.डि. मिटरमार्फत ११ के.भि.बाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको राति ११ बजेदेखि बिहान ५ बजेसम्मको इनर्जी शुल्क प्रति युनिट रु. १.५० ले घटाई प्रति युनिट रु. २ कायम गरिएको छ भने बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको इनर्जी शुल्क प्रति युनिट रु. १.६५ ले घटाई प्रति युनिट रुः ३.१० कायम गरिएको छ। टि.ओ.डि. मिटर नराखी ३३ के.भि.बाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रति युनिट रु. २.३० ले घटाई प्रति युनिट रु. २.५० कायम गरिएको छ। यसै गरी, टि.ओ.डि. मिटर नराखी ११ के.भि.बाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रति युनिट रु. २.२० लें घटाई प्रति युनिट रु. १.६० कायम गरिएको छ भने टि.ओ.डि. मिटर नराखी २३०/४०० भोल्टबाट आपूर्ति लिने सिँचाई वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रति युनिट रु. २.०५ ले घटाई प्रति युनिट रु २.२५ कायम गरिएको छ।

यस संगै सामुदायिक थोक उपभोक्ताले आफ्नो ग्राहक सख्या गुणा ३० बराबरको मासिक न्यूनतम शुल्क बुझाउने गरी र सो बापत आफ्नो ग्राहक सङ्ख्या गुणा २० बराबरका युनिट प्राप्त गर्ने छन् । सो भन्दा वढी विद्युत ऊर्जा परिमाणका लागी ईनर्जी शुल्क साबिक कै कायम गरिएको छ ।

अन्य उपभोक्ताको हकमा हालको महसुल दरमा कुनै परिवर्तन गरिएको छैन। साथै, सिङ्गल फेज तथा थ्री-फेजबाट विद्युत खपत गर्ने उपभोक्ताले मिटरको क्षमता वृद्धि गर्दा लाग्ने दस्तुर निःशुल्क गरिएको आयोगले जनाएको छ।

हेर्नुस् सुची :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved