खुकुरी रमलाई कारवाही गर्ने विज्ञापन बोर्डका अध्यक्षको प्रतिवद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 10:28:20 AM मा प्रकाशित

laxmi  sunrise bank

विज्ञापन बोर्डले खुकुरी रमलाई कारवाही गर्ने भएको छ। द नेपाल डिस्टीलरिजद्वारा उत्पादित खुकुरी रमले प्रचलित कानुन विपरित विभिन्न संचार माध्यममा प्रचार प्रसार गरेकाले कारवाही गरिने बोर्डले जनाएको छ। 

नेपालको कानुन मान्दिन भनेर कसैले पनि भन्न नपाउने र कानुन मिचेर अगाडी बढ्नेलाई कानुनी व्यवस्थाअनुसार नै कारवाही हुने विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बिजपाटीलाई बताए। 

उनी भन्छन्, "केहि दिन अगाडी (कात्तिक २५ गते) मात्रै विज्ञापन बोर्डले विज्ञप्ति नै जारी गरेर मदिरा तथा सुर्तीजन्य वस्तुको बिज्ञापन नगर्न र नगराउन सचेत गराउँदा गराउदै अहिले विभिन्न संचार माध्यममा यसको (खुकुरी रम) को विज्ञापन छापिएका छन्, कानुन मान्दिन भन्ने छुट कसैलाई छैन, प्रचलित कानुनी व्यवस्था अनुसार नै कारवाही गर्छौं।"

बोर्डले कात्तिक २५ गते एक विज्ञप्ति मार्फत जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ अनुसार  मदिरा, सुर्ती, चुरोट तथा सुर्तीजन्य पदार्थको विज्ञापन कुनै पनि प्रकारका संचार माध्यममा गर्न नपाइने जानकारी गराएको थियो। साथै बोर्डले उक्त विज्ञप्ति मार्फत नै यस्तो भएको पाइएमा विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा १ (छ) अनुसार कारविही हुने जनाएको थियो ।

विज्ञापन नियमन गर्ने ऐनको दफा ५ मा विज्ञापन गर्न नहुनेबारे उल्लेख छ। दफा ५ को उपदफा ६ मा प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नपाइने उल्लेख छ। यस उपदफा अनुसार जुनसुकै प्रचलित कानुन आकर्षित हुन्छ। 

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ मा जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार गर्न नपाईने उल्लेख छ। जसमा 'मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन।' उल्लेख गरिएको छ । त्यस्तै ''मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवा तर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन" भन्ने उल्लेख छ।

सो दफा विपरित प्रचार प्रसार गरेमा जनस्वास्थ्य सेवा ऐनले दश हजार जरिवाना हुने उल्लेख गरेको छ भने विज्ञापन नियमन गर्ने ऐनले पनि प्रचलित कानुन अनुसार नै कारवाही हुने व्यवस्था गरेको छ। 

 विज्ञापन नियमन गर्ने ऐनको दफा २५ मा आमसञ्चारको माध्यमबाट ऐन विपरित कुनै विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रषेण भएमा सञ्चार माध्यमको सम्पादक सम्बन्धि कार्यभार सम्हाल्ने सम्पादकलाई सोही कारणले मात्र सजाय हुने नहुने उलेख छ।  तर सम्पादक नै उक्त संचार माध्यमको सञ्चालक भएमा कारवाही हुने ऐनले ब्यबस्था गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved