इन्नोसिएसआरद्वारा वातावारणमैत्री इट्टा बनाउने प्रविधि नेपालमा विस्तार, २ उत्पादकसँग सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 01:11:44 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियाली सामाजिक प्रभावमुखी कम्पनी, इन्नोसिएसआरले नेपालका २ इट्टा उत्पादक कम्पनी,  इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभसँग नवीनतम तथा वातावारण मैत्री इट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको घोषणा गरेको छ इन्नोसिएसआरको दिगोपना सहितको यो प्रविधिले इट्टा उत्पादन गर्ने लाग्ने समय उल्लेखनीय रुपमा घट्ने भई उत्पादकत्व बढ्ने र कोभिडका कारण श्रमिक अभाव र विश्वब्यापी रुपमा देखिएको कच्चा पदार्थ अभाव भई इट्टा उत्पादकहरुलाई  देखिएको समस्याको हल हुने अपेक्षा गरिएको छ

 “इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभको सहकार्यसँगै हामीले नेपालको इट्टाको उत्पादकत्व बढाउन र सँगसँगै हरित ग्यास उत्सर्जन पनि हटाउन सहयोग गर्ने भएका छौ” इन्नोसिएसआरका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक साम युन्सुक लि ले भने “यस सहकार्यले सन् २०१८ मा नेपाली बजारमा हाम्रो प्रवेशपछिको हाम्रो निरन्तर विस्तारलाई जनाउँछ, र हामी विश्वास गर्छौं कि प्रभावकारी प्रविधिहरूको  सुरुवातले नेपाललाई आर्थिक र सामाजिक दुवै रूपमा मद्दत गर्नेछ।" 

इन्नोसिएसआरले सन् २०१८ मा नेपालमा पहिलो पटक इट्टा पोल्नु नपर्ने गरि माटोमा आधारित इट्टा बनाउने प्रविधि भित्राएको थियो । गुड ब्रिक्स नामक यस प्रविधिले इट्टामा रहेको माटोलाई स्थिर रुपमा राख्नको लागि विशेष सामग्री प्रयोग गरि बलियो, विश्वव्यापी स्तरको गुणस्तरीय इँटा उत्पादन गर्दछ। यस प्रविधिले उत्पादन समय ८० प्रतिशतसम्म घटाउँछ, र इट्टा पोल्नु नपर्ने भएकोले हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्दछ । नेपालमा २ वर्षसम्म सम्भाव्यता अध्ययन गरेर कम्पनीले सन् २०२० मा गोरखा इन्नोटेकसँग सहकार्य  गरेर व्यवसायीकरणको सुरुवात गरेको हो । इन्नोसिएसआरले गुड ब्रिक्स एलायन्सको  पनि सुरुवात गरेको छ, जसमा गुड ब्रिक्स प्रविधि अपनाउने सबैलाई सदस्य हुनको लागि आमन्त्रित गरिएको छ। 

नेपाली कम्पनी इको ब्रिक कम्प्रेस्ड सोइल अर्थ ब्रिकमा आधारित कम्पनी हो। नेपालमा सन् २०१५ को भूकम्पपछि भएको पुननिर्माणको लागि निर्माण सामग्रीको बढ्दो माग हुँदा कम्पनीको उल्लेखनीय वृद्धि  भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिनोद पहारी हाल व्यवसायीक मिस्त्रीहरुलाई इन्नोसिएसआरको प्रविधिको तालिम दिएर ब्यापार तथा समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि काम गरिरहेका  छन् ।

 त्यस्तै सौगात केसीको नेतृत्वमा रहेको होम डेकोरेटिभ, पूर्वी नेपालमा उत्पादन गरिरहेको कंक्रिट इट्टा उत्पादक कम्पनी हो । यस क्षेत्रमा इट्टाको माग बढेपछि, कम्पनीले परम्परागत निर्माण पद्दतिलाई त्यागेर नवीनतम प्रयोग गर्दै आएको छ । यी दुई उत्पादकले अब इन्नोसिएसआरको एलायन्समा सामेल हुने छन् भने भविष्यमा हुने अनुसन्धान र विकासको प्रक्रियामा सहजीकरण गर्ने छन् ।

 सन् २००८ मा स्थापना भएपछि, इन्नोसिएसआरले विभिन्न बहुराष्ट्रिय कम्पनी, विभिन्न देशका सरकार, एसियामा रहेको विश्वब्यापी गैर सरकारी संस्थासँग मिलेर प्रविधि हस्तान्तरणको माध्यमबाट सामाजिक, वातावरणीय र आर्थिक रुपमा सकारात्मक रुपान्तरणको लागि कार्य गरिरहेको छ । इन्नोसिएसआरको कम लागत र श्रमले नै काम हुने यस वातावरण मैत्री प्रविधिलाई विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा दाताहरुले मान्यता दिने क्रम बढ्दो छ । सन् २०२० मा एसियाली विकास बैंकको भेन्चर्सले नेपालमा गुड ब्रिक्स प्रविधिको लागि १ लाख २५ हजार अमेरिकी डलर अनुदान प्रदान गरेको थियो ।

सन् २००८ मा स्थापना भएको इन्नोसिएसआर प्रभावमुखी प्रविधिको सुरुवात गर्ने एक वैश्विक सामग्री प्रविधि फर्म हो । यसले एसिया र अन्य क्षेत्रमा यथार्थ र सकारात्मक परिवर्तन ल्याउनको लागि कार्य गर्दछ । यस कम्पनी संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि परामर्श प्रदान गर्ने कम्पनीबाट रुपान्तरण भई आफै सामाजिक उत्तरदायित्वको   कार्यमा लागि परेको हो । लामो समयसम्म विभिन्न क्षेत्र र ठाउँहरुमा काम गरिसकेपछि इन्नोसिएसआरले नेपालमा गुड ब्रिक्स भनिने नवीनतम प्रविधिलाई स्थापित गर्न  कार्यमा लागेको छ । यसले नेपालको इट्टा उत्पादन र निर्माण क्षेत्रमा क्रान्ति ल्याउने र वातावरणलाई क्षति नहुने गरि उत्पादकत्व बढाउने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved