सचिवमा उम्मेदवारी घोषणा गर्दै योगेशले भने, ‘कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 01:37:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका सचिव योगेश भट्टराईले पुनः सचिवमै उम्मेदवारी घोषणा गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले आफू पुनः सचिवकै उम्मेदवार हुने बताएका हुन् । 

उनले यस विषयमा बिहिबार अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गर्ने पनि बताएका छन् । अध्यक्ष ओली बिहिबार भरतपुरै आउने र सोही समयमा थप सल्लाह गर्ने भट्टराईको भनाई छ ।

‘प्रतिनिधि आउँदै हुनुहुन्छ। उहाँहरुसँग पनि सल्लाह गर्नुपर्छ’ उनले भने, ‘मेरो आशय तपाईंहरुले बुझिरहनुभएकै छ, धेरै माथिमाथि चढियो भने लुँडोमा जस्तो तल खस्ने सम्भावना हुन्छ, लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। यसपटक सचिवमै बस्ने भन्ने मेरो सोचाइ छ ।’ 

भट्टराई नवौं महाधिवेशनबाट पनि सचिवमा निर्वाचित भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved