राजदुत भोल्कद्वारा वीर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 04:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियाली राजदुत फेलीसिटी भोल्कले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छिन्।  उनले  कोभिड-१९ युनिफाईड केन्द्रिय अस्पताललाई रु ४२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन्  ।


उक्त सामाग्री सघन उपचार केन्द्रमा प्रयोगहरुने बेडहरु र औजारहरु कोभिड-१९ युनिफाईड केन्द्रिय अस्पतालको आकस्मिक कक्ष स्थापना गर्न प्रयोग गरिनेछ ।


हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत भोल्कले  नेपालमा कोभिड-१९ विरुद्द खोप लगाउने काम चलिरहँदा अष्ट्रेलिया सरकार आफ्नो कोभिड-१९ सहयोग योजना अनुसार नेपालमा स्वास्थ्य सुरक्षा क्षेत्रमा सहयोग गर्न प्रतिबद्द रहेको बताईन् । यो योजना अनुसार सबैभन्दा जोखिममा रहेकाहरुलाई सहयोग गरिने उनले बताईन् । नेपाल सरकारले एकै पटकमा धेरै प्रकारका चुनौतिहरुलाई सामना गरिरहेको अवस्थामा सिमान्तकृत समुदायहरुलाई अझै सहयोगको खाँचो प्रस्ट देखिएको उनको भनाई छ।  


लुथरन वर्ल्ड फेडेरेसन नेपालको माध्यमबाट प्रदान गरिएको अष्ट्रेलियाको यो सहयोगले नेपालको स्वास्थ्य प्रणाली सबल बनाउन मद्दत पुग्ने बताइएको छ । यसले नेपाल र अष्ट्रेलियाको छ दशकभन्दा लामो मित्रता र एक आपसमा भईरहेको सहयोग आदान प्रदानलाई स्मरण गराउने राजदुत भोल्कले बताईन् । 

गत मे महिनामा, अष्ट्रेलियाली सराकारले लुथरन वर्ल्ड फेडेरेसन नेपाल लागएतका गैह्र सरकारी संस्थाहरुलाई नेपालको  कोभिड-१९ विरुद्द लड्ने क्षमता अभिवृद्दि गर्न र अस्पतालहरुमा आवस्यक स्वास्थ्य सामाग्रीहरु खरिद गर्न र ब्यक्तिगत सुरक्षा सामाग्रीहरुको ब्यवस्था गर्न सत्तरी लाख अष्ट्रेलियाली डलर रकम सहयोग प्रदान गरेको थियो । 

हस्तान्तरण कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर देव नारायण शाह, कोभिड-१९ युनिफाईड केन्द्रिय अस्पतालका कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत प्राध्यापक डाक्टर भुपेन्द्र कुमार बस्नेत र लुथरन वर्ल्ड फेडेरेसन नेपालका नेपाल निर्देशक डाक्टर विजया बज्राचार्य लगाएत उपस्थित थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved