नयाँ नेतृत्वको लागि ओलीले नै नाम सिफारिस गर्ने, भिम रावललाई चित्त नबुझे निर्वाचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2021 | 09:22:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको नयाँ नेतृत्वको लागि पदाधिकारी तथा केन्द्रिय सदस्य छनौट गर्ने अधिकार अध्यक्ष केपी ओलीले पाएक छन् । दसौं महाधिवेशनको जारी बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी ओलीलाई दिएको हो।

सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका थिए, जुन बहुमतले पारित गरेको हो। तर नेता भिम रावलले भने यस प्रस्तावको विरोध गरेका छन्  । आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र आफु पछाडी नहट्ने उनको भनाई छ।

ओलीले  रावललाई आफुले सबैको चित्त बुझ्ने गरि सर्वसम्मत नेतृत्व चयन गर्ने गरि नाम सिफारिस गर्ने बताएका छन्  । यदि सिफारिस गरिएको नाममा चित्त नबुझे मात्र चुनाव हुने ओलीको भनाई थियो  । उनले आइतबार १० बजे सुरु हुने बन्दसत्रमा आफूले पदाधिकारी र कमिटीमा रहनेहरुको नाम प्रस्ताव गर्ने बताएका छन् । नाम चित्त नबुझे निर्वाचन हुने उनले प्रष्ट पारेका छन् ।

एमाले सहमतिबाट नेतृत्व चयन गर्नको लागि पदाधिकारी संख्या पनि बढाएको छ ।  सौराहामा मध्यरातमा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो ।

सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ । जस अनुसार दुईसय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरिएको छ । पैँतालिस सदस्यीय स्थायी समिति यथावत् रहेनछ ।

एमालेको आयोग २५ सदस्यीय हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारीको सङ्ख्या थप गरिएकामा वरिष्ठसहित उपाध्यक्ष सात र उपमहासचिव तीन जना रहनेछन् । कूल पदाधिकारी सङ्ख्या १९ पुगेको छ ।

यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । पदाधिकारीमध्येबाट पाँच जनाको सचिवालय बनाउने व्यवस्था थियो । बैठकको निर्णयअनुसार ३०१ सदस्यीय सल्लाहाकार परिष्द हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved