सक्रिय भूमिकाबाट बिदा पाउँदैछन् एमालेका यी नेता, ओलीका लागि अन्तिम अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 01:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको विधानले पार्टीको कार्यकारी भूमिकामा ७० वर्षको उमेर हद तोकेका कारण पार्टीका कतिपय वरिष्ठ नेताका लागि चितवनमा जारी दशौँ महाधिवेशन नै अन्तिम महाधिवेशन हुने देखिएको छ।

"कार्यकारी भूमिकाको हिसाबले यो नै मेरो लागि अन्तिम महाधिवेशन हो। अठसट्ठी वर्षकी भइसकेँ, अहिले पार्टीले कुनै जिम्मेवारी दिएन भने त्यसपछि मेरो भूमिका पार्टीमा फर्कने देखिन्न," पूर्वमन्त्री एवं दशौँ महाधिवेशन आयोजक कमिटीकी सदस्य राधाकुमारी ज्ञवालीले बताइन्।

उमेर हदका कारण पार्टीको अनुशासन समितिका सभापति अमृत बोहोरा दशौँ महाधिवेशनबाट बाहिरिएका छन्।

बोहरा अहिले ७३ वर्ष भएका भए।

यही महाधिवेशनबाट ७० वर्षीय नेता सत्यनारायण मण्डल पनि सक्रिय भूमिकाबाट बाहिरिन लागेका छन्।

सक्रिय नेताहरूलाई पनि उमेर बाधक

अहिले चितवनमा जारी दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलका लागि शीर्ष नेतृत्वमा पुग्न यो महाधिवेशन नै अन्तिम हुने देखिन्छ ।

पैँसट्ठी वर्ष पुगिसकेका रावललाई अर्को महाधिवेशनसम्म उमेर हदका कारण पाखा लाग्नुपर्ने अवस्था छ।

अध्यक्ष केपी ओलीको लागि नेतृत्वमा बस्न यो नै अन्तिम महाधिवेशन हुनेछ।

ओली ७० वर्ष पुग्न केही महिना मात्र बाँकी छ।

त्यस्तै अहिले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका महासचिव ईश्वर पोखरेल पनि अहिले झन्डै ६८ वर्ष पुगिसकेका छन् ।

पद पाए उनले पाँच वर्ष अर्थात् अर्को महाधिवेशनसम्म आफूलाई पार्टीको सक्रिय भूमिकाका राख्न सक्नेछन्।

तर कार्यकारी पद पाएनन् भने उनी अबको दुई वर्ष मात्र पार्टीमा सक्रिय रहन सक्नेछन्।

यो महाधिवेशनपछि संविधानसभाका अध्यक्ष एवं संसदीय दलका उपनेता सुबास नेम्वाङ पनि पार्टीमा सक्रिय भूमिकामा रहन सक्ने देखिँदैन।

उनी अहिले ६९ वर्षको छेकोमा पुगिसकेका छन्।

यसबाहेक नेताहरू केशव बडाल, रामबहादुर थापा बादल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यका लागि पनि चितवन महाधिवेशन नै अन्तिम महाधिवेशन हुनेछ ।

यो महाधिवेशनले यी नेताहरुलाई कुनै कार्यकारी पदमा छनोट गरेमा अर्को महाधिवेशनसम्म पार्टीमा काम गर्न सक्नेछन्। तर कार्यकाल सकिएपछि विधानअनुसार नेताहरू स्वतः बिदा हुनेछन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved