४ भाईद्वारा नयाँ विकल्प प्रस्तावः भीम रावल वरिष्ठ उपाध्यक्ष, महासचिवमा फेरि इश्वर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 04:52:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका ४ नेताले नयाँ विकल्प प्रस्ताव गरेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउने जिम्मा पाएका ४ नेताले उपाध्यक्ष भीम रावललाई बरिष्ठ उपाध्यक्ष बनाउने र महासचिवमा फेरि इश्वर पोखरेललाई नै राख्ने प्रस्ताव अध्यक्ष केपी ओली समक्ष गरेका छन् । 

कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएपछि उनले संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई सूची बनाउने जिम्मा दिएका थिए । सूची बनाएर बुझाएका नेताहरुले ओलीलाई सहमतिमै पदाधिकारी टुंगो लगाउन त्यस्तो विकल्प दिएका हुन् ।

यद्यपी इश्वर पोखरेललाई फेरि महासचिव बनाउन पार्टीको विधानले दिँदैन । यसअघि नै २ पटक महासचिव भईसकेका कारण उनलाई फेरि त्यही पदमा व्यवस्थापन गर्न विधान संशोधन गर्नुपर्ने हुन्छ । 

रावलले आफू अध्यक्षमा चुनाव लड्ने बताईसकेका छन् भने पोखरेलको दाबी वरिष्ठ उपाध्यक्षमा छ । 

एमाले संसदीय दलका उपनेता सुवाङ नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् । तर, उनले ओलीबाहेक अरु कसैलाई नेता नमान्ने जवाफ ओलीलाई दिईसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved