एमाले महाधिवेशनः प्रतिनिधिलाई खाना खाएर आउन भनियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 05:23:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा जारी छ । दोस्रो दिनको बन्दसत्र आज साँझ अबेर मात्रै सुरु हुने भएको छ । 

होटल सेभेन स्टारमा दिनभरि बसेका महाधिवेशन प्रतिनिधिहरू अहिले खाना खान निस्किएका छन् । नेताहरूलाई ७ बजेसम्म खाना खाएर आइसक्न भनिएको छ । 

बिहान १० बजेदेखि नै बन्दसत्र सुरू हुने भनिएपनि अहिलेसम्म सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली पदाधिकारी र केन्द्रीय सदस्यको नाम टुंगो लगाउन छलफलमा लागि परेका छन् । 

शनिबारको पहिलो दिनको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved