नेता विष्णु पौडेलले एमालेको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा उपाध्यक्ष नै रहेका पौडेलले सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्यक्षका लागि रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् । घनश्याम भुसाल भने ओलीले घोषणा गरेको सूचीमा छैनन् ।
अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।