एमाले महाधिवेशनः वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 11:45:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । 

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् । 

महासचिवमा पनि शंकर पोखरेलको एकल उम्मेदवार छन् । ओलीले महासचिवमै प्रस्ताव गरेका उनी सर्वसम्मत भएका हुन् । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत भएका छन् । 

अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका बाहेक घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अब मतदान हुने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved