कमल थापाले चुनाव हारे, राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 08:16:32 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई हराउदै लिङ्देन अध्यक्ष पदमा विजयी भएका हुन् ।

आज बिहान समपन्न मत गणनामा लिङ्देनले थापालाई २ सय मत अन्तरले हराएका हुन् । लिङ्देनले १ हजार ८ सय १७ मत पाए भने कमल थापाले १ हजार ६ सय १७ मत पाए । ४३१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

चुनाव हारेपछि कमल थापाले लिङदेनलाई बधाई दिएका छन्  । उनले सामाजिक संजालमा लेखेका छन् 'प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।'

 नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved