नयाँ भेरियन्ट ओमिक्रोनलाई लिएर फेरि लकडाउन हुने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 03:56:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको नयाँ भेरियन्ट अम्रिकोन नेपालमा पनि भेटिएको छ । २ जनामा नयाँ भेरियन्ट पुष्टि भएपनि उनीहरु दुवै जना विदेशी नागरिक हुन् । 

तर, उनीहरु मंसिर ३ गते नै नेपाल आएका थिए । त्यसैले अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी र परीक्षणलाई प्राथमिकता दिईएको छ । सँगै, निषेधाज्ञा वा लकडाउन हुने हो कि भन्ने पनि मानिसहरुको चासोको विषय बनेको छ ।  

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने लकडाउन गर्ने वा नगर्ने भन्नेबारे छलफल हुन बाँकी रहेको बताएका छन् । उनले पहिलो विकल्प नै लकडाउन नभएकाले यसबारे छलफल गरेर मात्रै आवश्यक निर्णय लिईने बताए । 

‘लकडाउनको विषयमा अहिले नै निर्णय भईसकेको छैन, सबैभन्दा महत्वपूर्ण र हामीले प्राथमिकतामा खोपलाई राख्नुपर्छ’ उनले भने, ‘सुरुमा त परीक्षण, संक्रमण पुष्टि भएकाहरुको निगरानी र संक्रमण फैलन नदिन जनचेतना फैलाउने कुरा हुन्छ, त्यसका लागि अस्पतालको व्यवस्थापनमा मन्त्रालय जुटिसकेको छ, लकडाउनमै जानुपर्छ भन्ने सोच छैन ।’

विज्ञहरुका अनुसार पनि संक्रमण दर तीव्र भएपनि यसको मृत्युदर एकदमै कम छ । जसका कारण संक्रमण पुष्टि भएकालाई राम्रोसँग व्यवस्थापन गर्न सकिए कोरोनाको नयाँ भेरियन्टबाट बच्न र बचाउन सकिने उनीहरुको तर्क छ । त्यसैले पनि मन्त्रालयले अहिले नै लकडाउनबारे केही नसोचेको बताएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved