काठमाडौँमा चोरिएका बाइक सहित ७ जना पक्राउ, तपाइको बाइक पनि पर्यो कि ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 07, 2021 | 01:29:21 PM मा प्रकाशित

laxmi bank

काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाण्डौका बिभिन्न स्थानमा बिशेष अपरेसन संचालन गरि मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्रि बितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो । 

टोलीले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भई हाल किर्तिपुर बस्ने बर्ष १९ को नर कुमार पुडासैनीलाई गत बर्षको माघमा बानेश्वरबाट हराएको प्र३-०२-०१३प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि चलाईरहेको अबस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका हो । थप अनुसन्धानको क्रममा न्युरोडबाट जुम्ला सिंङ्जा गा.पा. ६ हाल किर्तिपुर वस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाईकल सहित पक्राउ गरेको हो । यहि मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा.प्र.०२-०२२प ६५१८ नम्बरलाई परिबर्तन गरि बा.प्र-०२-०२५प १३९१ प्रयोग गरेको अबस्थामा यामाहाको R15 मोटरसाईकल सहित बुढा पक्राउ परेका हुन ।

किर्तिपुर एरियाबाट काठमाण्डौका वर्ष २२ को सन्तोष महर्जन सहित रौतहट गुजरा न.पा. २ घर भई हाल सानोभर्याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा न.पा. ३ घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रवि कुमार कुशवाहा, उदयपुर घर भई हाल किर्तिपुर बस्ने कमल बहादुर बस्नेत र बारा गढिमाई घर भई किर्तिपुर बस्ने वर्ष २२ को रन्जित प्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 

पक्राउ परेका चौधरी यस भन्दा अघि पनि मोटरसाईकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाईकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए ।

त्यसैगरि किर्तिपुरबाट पक्राउ परेका रंजित प्रसाद गुप्ताले चोरी गरि ल्याएका मोटरसाईकलहरुलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेण्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखीएको भट्टराईको भनाई छ ।

गुप्ता किर्तिपुरमा रहेको रंजित मोटरसाईकल वर्कसपका संचालक समेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र  सन्तोष महर्जनले ग्राहकहरु खोज्ने र सस्तो मुल्यमा मोटरसाईकलहरु किनवेच गर्ने मुख्य भुमिका समेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ ।

बरामद गरेका ७ थान मोटरसाइकल मध्य एउटा यामाहाको R15 र अन्य ६ ओटा २२० सिसिको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ । त्यस्तै गरि ईन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा यहि असोजमा ताहाचलबाट हराएको बा-प्र-०२-०१९प ९४९८ नम्बरको २२० सिसि पल्सर मोटरसाईकल समेत बरामद गरेको महाशाखले जानकारी दिएको छ ।

पक्राउ गरिएको मोटरसाईकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाईएको महाशाखाले जनाएको छ । 

पक्राउ परेका मानिसहरु :

गौशाला-पशुपतिबाट:- जिल्ला रौतहट चन्द्रनिगहापुर न.पा. वडा नं. ९ सन्तपुर घर भई हाल काठमाण्डौं किर्तिपुर बस्ने बर्ष १९ को नर कुमार पुडासैनी ।

न्युरोडबाट:- जिल्ला जुम्ला सिंङ्जा गा.पा. वडा नं. ६ हाल काठमाण्डौ किर्तिपुर वस्ने वर्ष २० को पुन्दलाल बुढा ।

किर्तिपुर ढाल्पा ग्यारेजबाट:- (रंजित मोटरसाईकल वर्कसप संचालक) जिल्ला बारा महागढिमाई न.पा. वडा नं. ४ बस्ने वर्ष २२ को रन्जित प्रसाद गुप्ता ।

किर्तिपुर एरियाबाट:- जिल्ला काठमाण्डौ मैतिनगर बस्ने वसन्त भाई महर्जनको छोरा वर्ष २२ को सन्तोष महर्जन ।

किर्तिपुर एरियाबाट:- जिल्ला रौतहट गुजरा न.पा. २ घर भई हाल काठमाण्डौ सानो भर्याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी । 

किर्तिपुर एरियाबाट:- जिल्ला रौतहट गुजरा न.पा. ३ घर भई हाल काठमाण्डौ बानेश्वर बस्ने वर्ष ३२ को रवि कुमार कुशवहा । 

किर्तिपुर एरियाबाट:- जिल्ला उदयपुर रोतुवाई गा.पा. १ घर भई हाल काठमाण्डौं किर्तिपुर बस्ने कमल बहादुर बस्नेत ।


पक्राउ परेका मोटरसाईकलहरु

च्यासिस नं. MD2A36FY1KCG98418 तथा ईन्जिन नं. JLYCKF12115 भएको प्रदेश ३-०२,००६ प ९७७७ नम्वरको कालो  रंङको २०० सी.सी.को पल्सर मोटरसाईकल थान-१, हेलमेट थान-१ र चाँबी थान-१

(वास्तविक नं. प्रदेश ३-०२,०१३ प ३६६०) बानेश्वरबाट ०७७/१०/८ गते हराएको- संजिब ठकुरी

च्यासिस नं. ME1RG5251M0065308 तथा ईन्जिन नं. G3K5E0158552 भएको बागमती प्रदेश - ०२,०२५ प १३९१ नम्वरको निलो  रंङको १५५ सी.सी.को यामाहा R15 v3 मोटरसाईकल थान-१ ।

(वास्तविक नं. बा.प्र. ०२ ०२२ प ६५१८) पुरानो बानेश्वरबाट ०७८/०८/६ गते हराएको- रोशन बस्नेत

 च्यासिस नं. MD2A13EX7MCD88662 तथा ईन्जिन नं. DKXCMD09144 भएको बागमती प्रदेश - ०२,०३१ प ०६५६ नम्वरको कालो  रंङको २२० सी.सी.को पल्सर  मोटरसाईकल थान-१ ।

( सोही नम्बरमा निबेदन ) बबरमहलबाट ०७८/०८/१९ गते हराएको- अस्मिन्द्र कुमार थापा

च्यासिस नं. MD2A13EY6KCA80274 तथा ईन्जिन नं. DKYCKA89536 भएको रा ५ प ३६४३ नम्वरको रातो कालो  रंङको २२० सी.सी.को पल्सर  मोटरसाईकल थान-१ ।

( सोही नम्बरमा निबेदन ) गंगलाल अस्पतालबाट ०७६/०८/१ गते हराएको- बिराज सुनार

च्यासिस नं. MD2A13EY2LCL81417तथा ईन्जिन नं. DKYCLL67768 भएको सु.प.प्र.०१ - ००८ प ७१२८  नम्वरको रातो कालो  रंङको २२० सी.सी.को पल्सर  मोटरसाईकल थान-१ ।

च्यासिस नं. MD2DHDKZZSCJ33786 तथा ईन्जिन नं. DKGBSH30386 भएको Bagmati A, AA3719 नम्वरको रातो कालो  रंङको २२० सी.सी.को पल्सर  मोटरसाईकल थान-१ । (कट पेष्ट ) बा ३८ प ३९३३

च्यासिस नं. MD2DHDKZZSCE13634 तथा ईन्जिन नं. DKGBSE12753 भएको Bagmati A, AA3718 नम्वरको रातो कालो  रंङको २२० सी.सी.को पल्सर  मोटरसाईकल थान-१ । (कट पेष्ट ) बा ३६ प १२३४

डिस्मेन्टल गरेको अबस्थामा पार्ट पुर्जाईन्जीन बरामद भएको:- बा-प्र-०२-०१९प ९४९८ -२२० सिसि पल्सर ताहाचलबाट ०७८/०६/१७ गते हराएको-जिवन भट्ट 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved