संसद बैठक आज बस्दै, नेपालबारे निर्णय गर्न एमसीसीको बोर्ड बैठक पनि आजै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 11:15:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो २ बजेको लागि बोलाईएको छ ।

संसद सचिवालयद्वारा जारी सम्भावित कार्यसुची अनुसार आजको बैठक ६ वटा अध्यादेश पेश हुने छ । सरकारले ६ वटा अध्यादेश जारी गरेपछि संसद अधिवेशन अधिवेशन आह्वान गरेको थियो ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ,  सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्य सूची रहेको छ। 

त्यस्तै आजको बैठकमा  “नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)      अध्यादेश, २०७८" पेश गर्ने, “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८" पेश गर्ने,  “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८" पेश गर्ने, ।  "रेल्वे अध्यादेश, २०७८" पेश गर्ने,  “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८" पेश गर्ने र “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८" पेश गर्ने कार्यसूची रहेको छ ।

आजको बैठक पनि अवरोध गर्ने नेकपा एमालेको तयारी छ  ।

आजको बैठकमा एमसीसी समबन्धि प्रस्ताव पेश हुने चर्चा चले पनि सम्भावित कार्यसुचीमा भने यसबारे समावेश गरिएको छैन । आज नै मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्ने भएको छ । उक्त बैठकमा नेपालको एमसीसीबारे पनि छलफल हुने एजेण्डा तय भएको छ । दलहरु विभाजित भएर नेपालमा एमसीसी संसदबाट पारित हुन नसकिरहेको अवस्थामा हुन लागेको एमसीसीको बोर्ड बैठकलाई महत्वका साथ हेरिएको छ 

यस अघि एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपाल आएर एमसीसीबारे विभिन्न दल तथा सरकारको आधिकारिक धारणा बुझेर फर्किएकी थिईन्। अमेरिकाले एमसीसीबारे छिटो निर्णय गर्न नेपाललाई दबाब दिदै आएको छ । नेपालले समयमा नै निर्णय नगरे सहयोग फिर्ता लैजाने चेतावनी अमेरिकाले दिने गरेको छ । यस अघि नेपाल सरकारले एमसीसीबारेका विभिन्न प्रश्नहरु समेटेर एमसीसीलाई पठाएको थियो । एमसीसीले त्यसको जवाफ पनि दिइसकेको छ । 

एकै दिन अमेरिकामा एमसीसीको बोर्ड बैठक बस्नु र नेपालमा पनि सोहि दिन संसद बैठक आह्वान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा एमसीसी पास हुनु पर्ने बताउदै आएका छन् । सोहि कारण कतिपयले आज नै संसदबाट एमसीसी पास हुन सक्ने आँकलन गरेका छन् । एमसीसी यस अघि नै संसदमा पेश भईसकेको छ । सम्भावित कार्यसूचीमा नपरेको भएपनि सभामुखले यसलाई सभामा पेश गर्न सक्ने छन्  

 एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved