काठ र फर्निचर सम्बन्धि अन्तराष्ट्रिय प्रदर्शनी हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 01:45:48 PM मा प्रकाशित

nepal oil ltd

नेपाल वुड इन्टरनेशनल एक्स्पो , तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पोको सातौ संस्करण पौष २३, २४ र २५ गते काठमाण्डौको भृकृटीमण्डपमा हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर एक्स फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा एक्स्पो आयोजना गर्न लागेको हो ।

 प्रदर्शनीमा संसारका विभिन्न देशका १०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरुका स्टल रहने आयोजकले जनाएको छ। फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरुले काठ ब्यबसायसंग सम्बन्धित उत्पादनहरु को बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ६ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको आयोजकले उल्लेख गरेको छ।

यस सातौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षीत वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास आयोजकको छ । 

आयोजकले भनेको छ 'यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पु¥याउने हामीले विश्वास राखेका छौँ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरु को सहभागिता रहने छ । यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ । साथै यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएका छौँ । प्रदर्शनी अवधिमा विभिन्न सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्नेछ ।  '

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved