देशभरका विद्यालय बन्द गर्ने निर्णय, २५ जनाभन्दा बढी भेला हुन नपाइने, लकडाउनको अधिकार सिडीओलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2022 | 06:41:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेको छ  । सीसीएमसीको आज बसेको बैठकले कोभिड संक्रमण बढेकोले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो

त्यस्तै बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न सिफारिस गर्ने निर्णय छ । त्यस्तै बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ । बैठकले  सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय  गरेको छ ।

बैठकको सिफारिस मन्त्रिपरिषदले निर्णय गरेपछि लागु हुने छन्  । बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको छ ।

नेपालमा पछिल्लो हप्तामात्र करिब पाँच हजार कोरोना संक्रमित थपिएका छन्। आजमात्र एकैदिन ११ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved