पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढ्यो, अब कुनको कति पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2022 | 08:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले आज माघ ५ गते रातीदेखि लागु हुने गरि डिजेल, पेट्रोल , मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

जस अनुसार निगमले पेट्रोल र डिजेल/मट्टितेलको साबिकको बिक्रि मूल्यमा रु. ३।०० ले वृद्धि गरी काठमाडौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रू. १३९।०० र रू. १२२।०० कायम गर्ने निर्णय गरेको छ । त्यस्तै आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रति लिटर रू. ५।०० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. १०६।०० तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ । ०० अमेरिकी डलर कायम गर्ने निर्णय गरेको छ ।  एल.पी.ग्यासको विक्री मूल्य हाललाई यथावत राखिएको छ।

निगमले पछिल्लो पटक मिति २०७८।०७। २४ मा मूल्य समायोजन गरेपश्चात हालसम्म अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा नै रहि पुनः निरन्तर बढ्दै गई कच्चा तेलको मूल्य झण्डै USD ८५ देखि ८९ प्रति व्यारल पुगिसकेको अवस्थामा ईण्डियन आयल कर्पोरेशनबाट केहि दिन अघि जनवरी १६,२०२२ मा प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १३.१८, डिजेलमा रु. ८.८१ तथा प्रति सिलिण्डर एल.पि. ग्यासमा रु. ६४६.१६ घाटा कायम भएको हुँदा निगमलाई १५ दिनमा करीब रू. २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको व्यहोरा निगमले यस अघि मिति २०७८।१०।०३ मा प्रेषित विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो।

यस मूल्य समायोजन पश्चात् पनि निगमलाई निम्न बमोजिम १५ दिनमा करीब रू.१ अर्व ८८ करोड घाटा हुने स्थिति देखिएको उल्लेख गरेको  छ।
पेट्रोल : रू. १०.७२ घाटा प्रति लिटर (१५ दिनको घाटा करीब रू. ३४.८१ करोड)
डिजेल : रू. ६.३३ घाटा प्रति लिटर (१५ दिनको घाटा करीब रू. ५७.४३ करोड) 

मट्टितेल : रू. २२.६४ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. २.०७ करोड) 

हवाई इन्धन (आन्तरिकतर्फ): रू. ९.६२ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. २.६१ करोड) .

हवाई इन्धन (बाह्यतर्फ): रू. २९.०३ नाफा प्रति लिटर (१५ दिनको नाफा करीब रू. १३.७९ करोड 

एल. पि. ग्यासः रू. ६४६.१६ घाटा प्रति सिलिण्डर (१५ दिनको घाटा करीब रू. ११४.८६ करोड)

यस अघि : आयल निगमले भन्यो 'संचित बचत शून्यमा झर्यो, इन्धन किने वापत भारतलाई तिर्न पुग्ने रकम पनि छैन'




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved