धनराज, गगन र विश्वप्रकाशले देउवालाई भने, ‘स्थानीय तहको चुनाव बैशाखमै हुनुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2022 | 05:52:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसका उपसभापति र महामन्त्रीहरूले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी बैशाखमै हुनुपर्ने र सोही अनुसार सरकारले मिति तोक्नुपर्ने सुझाव दिएका छन् । 

शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई बैशाखमै स्थानीय तहको चुनाव गर्ने गरी गठबन्धनमा सहमति जुटाउन र सोही अनुसार मिति तय गर्न सुझाव दिएका हुन् । उपसभापति र महामन्त्रीहरुले शनिबारको सत्ता गठबन्धनको बैठकमा स्थानीय तहको चुनाव आगामी वैशाखमै हुनुपर्ने धारणा राख्न पनि सभापति देउवालाई सुझाव दिएका हुन् ।

बैठकपछि महामन्त्री गगन थापाले आफूहरूले दिएको सुझावमा सभापति सकारात्मक रहेको बताएका छन् । 

‘सभापतिले गठबन्धनमा कुरा राख्छु भन्नुभएको छ, उहाँले गठबन्धनमा त्यो कुरा राख्नुहुन्छ भन्ने आशा गरेका छोँ’ थापाले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved