
गणपति वनस्पति प्राइभेट लिमिटेडले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ ।कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्य गरिएको बताएको छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेश राज जोशी लगायतको उपस्थितिमा ट्राफिक प्रहरीहरूलाई चेक जाँच गर्दा सहज हुने ट्राफिक बैरीगेट महाशाखामा आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा कम्पनीका संचालक अनन्ता मोर, राजिव मोर र कम्पनीका बजार प्रबन्धक विनोद श्रेष्ठको उपस्थिति थियो । कार्यक्रममा कम्पनीले ट्राफिक प्रहरीलाई बैरीगेट उपलब्ध गरेकोमा महाशाखा प्रमुख उमेश राज जोशीले कम्पनीलाई धन्यवाद दिए ।