
माओवादी केन्द्रले एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।
यस अघिसम्म माओवादीले कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नसकिने अडान राखेको थियो । तर एमसीसी कै कारण गठबन्धन भत्किने र सत्ता समिकरण नै फेरबदल हुन सक्ने अवस्था आएपछि माओवादीले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।
एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ । संसद सचिवालयले तयार पारेको कार्यसूची "अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ।
यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।