चीनका विदेशमन्त्री वाङ यी आज नेपाल आउदै , यस्तो छ तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 08:47:05 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आज शुक्रबार नेपाल आउँदैछन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउँन लागेका हुन् । 

उनी दक्षिण एसियाली राष्ट्रहरुको भ्रमणको क्रममा  नेपाल आउँन लागेका हुन्  । पाकिस्तान, अफगानिस्तान तथा भारतको भ्रमण सकेर उनी आज नेपाल आउने छन्  । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छन् । त्यस्तै चैत १२ गते परराष्ट्रमन्त्री डा. खड्कासँग उनले द्विपक्षीय भेट गर्ने छन् । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्ने छन्।

नेपाली प्रतिनिधिमण्डल र चीनका विदेशमन्त्री वाङसहितको प्रतिनिधिमण्डलबीच द्विदेशीय सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुने  बताईएको छ ।  दुई देश बीच केही नयाँ सम्झौता र सहमतिको तयारी पनि भएको छ । जस अनुसार जलविद्युत् परियोजना, ट्रान्स हिमालयन सम्पर्क सञ्जाल, बीआरआई परियोजनासँग सम्बन्धित विषयलाई नयाँ पहलसाथ अघि बढाउने विषयमा छलफल र सहमतिको आधार बनाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।   

विदेशमन्त्री वाङको बासस्थानदेखि उनी सवार हुने सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा ब्यबस्था कडा पारिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved