कुलमानले भने, ‘माओवादीले मेरो फोटो दुरुपयोग गर्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 09:41:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रले निर्वाचनको प्रचारमा आफ्नो फोटो राखेपछि कुलमान घिसिङ बोलेका छन् । 

मओवादीले निर्वाचन आचारसंहिता विपरित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर निर्वाचनको प्रचार गरेपछि कुलमानले आफ्नो अनुमति बिना फोटो राखेको प्रतिक्रिया दिएका हुन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले नै बुधबार बिहान ८ः२६ बजे आफ्नो फेरिफाईड फेसबुक पेजमा कुलमान सहितको फोटो राखेर माओवादी केन्द्रलाई भोट दिन अपिल गरेका थिए । त्यसपछि बिजपाटी डटकमले निर्वाचन आचार संहिताविपरित माओवादीले कुलमानको फोटो राखेर निर्वाचनको प्रचार गरेको भन्दै समाचार लेखेको थियो । 

यसअघिः
आचारसंहिता विपरित कुलमान घिसिङ माओवादीलाई भोट माग्दै !

यस विषयमा बिजपाटीले कुलमान घिसिङसँग ‘यसबारे जानकारी छ कि छैन भनेर ?’ जिज्ञासा राखेको थियो । बिजपाटीको प्रश्नमा उनले आफ्नो अनुमति बिना नै माओवादीले फोटो राखेको उत्तर दिएका हुन् । 

‘मेरो अनुमति होइन, मलाई सोधेको पनि छैन’ उनले संक्षिप्त उत्तर दिए ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितामा संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ। विद्युत प्राधिकरण पनि सरकारी निकाय हो र कुलमान पनि त्यस निकायको कर्मचारी हुन् । तसर्थ कुनै पार्टीको लागि भोट माग्न कुलमान संलग्न हुन पाउदैनन् । 

त्यसकारण माओवादीले कुलमान सहितको फोटो राखेर प्रचार गर्नु निर्वाचन आचार संहिताविपरित हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved