गठबन्धनको निर्णय नमान्नेलाई काँग्रेसले अनुशानसको कारबाही गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 06:04:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसले गठबन्धनको निर्णय नमान्नेलाई अनुशासनको कारबाही गर्ने भएको छ । आज बसेको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले पार्टीले गरेको निर्णय नमान्ने र पार्टी निर्णय विरुद्ध लाग्नेलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो । 

काँग्रेस उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पार्टी निर्णयको पालना नहुनुलाई विधान र अनुशासन उल्लघंनको रुपमा लिने बताएको छ ।

‘पार्टी निर्णयको उल्लघंन गर्नु पार्टीको अनुशासनसँग जोडिने विषय हो’ नेता नैनसिंह महरले भने, ‘पार्टीको निर्णय सबैले मान्नुपर्छ भन्ने छलफल भएको छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved