बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, टुंगिएला त महानगरको बाँडफाँड ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 10:56:29 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा स्थानीय तहको उम्मेदवारीका विषयमा सोमवार बिहानैदेखि छलफल चलिरहेको छ । उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको बैठकले महानगर र उपमहानगरको उम्मेदवारी टुंगो लगाउने बताइएको छ ।

बैठकमा उच्चस्तरीय समितिका १० सदस्यसहित गठबन्धनका शीर्ष नेताहरू उपस्थित रहेका छन् । कांग्रेका सभापति तथा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी छन्  

६ महानगर र १३ उपमहानगरमा गठबन्धनका पाँचै दलहरूले आ-आफ्नो दाबी गरिरहेका छन् । नेपाली कांग्रेसकै कतिपय नेताहरू स्थानीय तहको चुनावमा तालमेल गर्न नहुने बताइरहेको अवस्थामा उम्मेदवारी टुंगो लगाउने विषय पेचिलो बनेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved