सत्ता गठबन्धनको बैठक निष्कर्षबिहिन, महानगरको बाँडफाँड टुंगो लागेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 01:18:52 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहिन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा स्थानीय तहको उम्मेदवारीका विषयमा सोमवार बिहानैदेखि छलफल चलेको थियो ।

उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको बैठकले महानगर र उपमहानगरको उम्मेदवारी टुंगो लगाउने बताइए पनि बैठक बिना निष्कर्ष सकिएको हो । आज साँझ फेरि बैठक बसेर सहमतिको प्रत्यास गरिने बताईएको छ । 

बैठकमा उच्चस्तरीय समितिका १० सदस्यसहित गठबन्धनका शीर्ष नेताहरू उपस्थित रहेका थिए । कांग्रेका सभापति तथा प्रधानमन्त्री देउवामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र महासचिव वेदुराम भुसालजनता समाजवादी पार्टीबाट उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी थिए 

६ महानगर र १३ उपमहानगरमा गठबन्धनका पाँचै दलहरूले आ-आफ्नो दाबी गरिरहेका छन् । नेपाली कांग्रेसकै कतिपय नेताहरू स्थानीय तहको चुनावमा तालमेल गर्न नहुने बताइरहेको अवस्थामा उम्मेदवारी टुंगो लगाउने विषय पेचिलो बनेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved