प्रचण्डले भने ' नेपालमा चुनावको दिन पनि चुनाव सर्छ रे भन्ने चर्चा चल्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 01:50:39 PM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नसर्ने बताएका छन् । माओवादीको प्रचार विभागले गरेको पत्रकार सम्मलेनमा प्रचण्डले सत्ता गठबन्धनमा रहेक कुनै पनि दलसँग निर्वाचन सार्ने मनशाय नरहेकोले निर्वाचन नसर्ने बताएका हुन् ।

उनले मिडियामा आएका कुरा अनुमानका भर मै आएका र गठबन्धनमा निर्वाचन सार्ने बेला कुनै पनि छलफल नभएको बताए । सत्ता गठबन्धन र सरकार निर्वाचन गर्न दृडतापुर्वक लागेकोले निर्वाचन सर्छ कि भन्ने द्विविधा नराख्न उनले आग्रह गरे । उनले नेपालमा निर्वाचनको दिनमा पनि बिहान निर्वाचन सर्छ कि भन्ने चर्चा चल्ने गरेको बताए । 

उनले आज साँझसम्म नै सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागवण्डाको टुंगो लगाउने बताए । महानगरको भागवण्डाको तालमेलको विषय टुंगिन लागेपछि नै आफु बैठकबाट  निस्किएको र फेरि बैठक बस्ने बताए । नगरपालिका र गाउँपालिकाको तालमेलको टुंगो भोलिसम्म लगाउने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved